सूर्या लाइफ इन्स्योरेन्सद्वारा १२.७०% बोनस वितरण गर्न शुरु, शेयर अभौतिकीकरणका लागि आग्रह

चैत ३०, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको १२ दशमलव ७० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको छ । कम्पनीले गत पुस १९ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो ।  कम्पनीले फागुन १८ गते १२ दशमलव ७० प्रतिशत बोनस शेयर बापतको २८ लाख ७३ हजार ७६ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो । पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यस पश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः उक्त बोनस जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।  यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । साथै, पुस ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले भनेको छ ।  कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।  उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरे ।  होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स मर्जमा जाने भएका छन् ।  दुवै कम्पनीले आज एक आपसमा  मर्जमा जानको लागि मर्जर सम्बन्धि सम्झौता गरेका हुन् । सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

सूर्या लाइफ इन्स्योरेन्स सम्मानित

सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मानित भएको छ ।सूर्या लाइफ ’बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ आवार्डबाट सम्मानित भएको हो ।विश्व […]

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौँ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीन वटा विधामा सम्मानित भएको छ। सन् २०२२ अप्रिल ३० तारिखमा आयोजित कार्यक्रममा सूर्या लाइफ ‘वेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘वेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ […]

सूर्या लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्या सुरक्षा कवज’ बीमा योजना

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सञ्चालनमा ल्याएको छ । सम्पूर्ण वर्गमा सरल र सुलभ रुपमा बीमाको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ सोमबार (१६ फागुन)देखि लागु हुने गरी कम्पनीले नौलो सोचसहित नयाँ बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा […]

सूर्या लाइफ इन्स्योरेन्सको सभा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सूर्या लाइफ इन्स्योरेन्स पहिलो

काठमाडौं, (नेस) । नेपालको जीवन बिमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साइन बोर्डमा बिमा समितिको बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालना गर्ने पहिलो जीवन बिमा कम्पनी बनेको छ । नियमनकारी निकाय बिमा समितिको गत […]

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोटमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो। कम्पनीको आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ छ ।उक्त नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बिमा विज्ञ विवेक झा तथा […]

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको […]