एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन्टल्ली र फिजिकल्ली डिसअर्डर’ भन्ने माओवादी सांसद मातृका यादवको शब्द प्रतिनिधि सभाको रेकर्डबाट हटाइएको छ ।
एमाले सांसदको आपत्तिपछि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मात्रिकाले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद्मा बोलिएका असंसदीय शब्द हटाउन माग गरेका थिए ।
भट्टराईले सत्ता पक्षले गाली गलौजको केन्द्रबिन्दु केपी ओलीला...