आइतबारदेखि परेको लगातारको वर्षाले पारेको प्रभावले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सम्पर्कविहिन भएका छन् ।
कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत्त प्राधिकरणको १३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ ।
एकातिर विद्युत अवरुद्ध हुनु अर्कोतिर खाँनीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक (एडीएसएस) पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट बञ्चित छन् ।