पहिरोले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

डोटी– सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सडक माथिबाट ठूला ठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो। अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले […]

सम्बन्धित सामग्री

भीमदत्त राजमार्ग १० देखि ४ बजेसम्म बन्द हुने

कैलाली, भदौ १२ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज १० बजेदेखि बन्द हुने भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आज (मंगलवार) बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आज ६ घण्टा यातायात बन्द […]

भीमदत्त राजमार्ग सञ्चालनमा

डडेल्धुरा : सुक्खा पहिरोले अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि बुधबार साँझदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।सडक सञ्चालनमा आएपछि रोकिएका सवारीलाई गन्तव्यतर्फ लागेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए। बुधबार दिउँसो डडेल्धुराको साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको थियो।

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग पाँच घण्टापछि सुचारू

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारू भएको छ । बुधबार बिहान १२ बजेदेखि सुख्खा पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका साओटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको हो ।  डडेल्धुराको गन्यापधुरा...

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा

कैलालीः हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने राजमार्ग बिहीबारबाट अवरुद्ध बनेको थियो। राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ।  हिमपात रोकिएपछि शनिबार बिहानैदेखि स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए। दिनभरको…

अझै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

बिहीबार दिउँसोदेखि परेको हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग अझैं सञ्चालनमा आउन सकेको छैन्। राजमार्गमा बाक्लो हिउँ जमेकोले अवरुद्ध बनेको हो।  सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छाउन  खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। ‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौं । एकतर्फी रूपमा खुलिसकेको छ। अति आवश्यक

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका  उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् ।सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ । मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भ

पहिरोेले भीमदत्त राजमार्ग अवरुद्ध

बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोेले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरोे पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

भीमदत्त राजमार्ग सुचारु

गए रातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएकोे छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग  अवरुद्ध भएको थियो ।सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ ।  दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए ।

भीमदत्त राजमार्ग ११ घन्टादेखि अवरुद्ध, यात्रु अलपत्र

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोका कारण ११ घन्टादेखि अवरुद्ध भएको छ । डडेल्धुरास्थित आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ...

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो ।अवरुद्ध राजमार्ग पुनः सञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिरोले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबा