सहकर्मी सबै १९ न्यायाधीशले अवज्ञा सुरु गरेको दुई सातासम्म पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बहिर्गमनका लागि तयार नभएपछि न्याय क्षेत्रको संकट चुलिएको छ । न्यायाधीश र कानुन व्यवसायीहरू राजीनामामा अडिग रहने तर प्रधानन्यायाधीशले पद नछाड्ने यो अवस्था कहिलेसम्म जारी रहन्छ भन्ने कान्तिपुरको प्रश्नमा विज्ञहरूले सम्भावित पाँच परिदृश्य औंल्याएका छन् ।