सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरूद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललितपुरमा आइतबारदेखि लगाउन थालिएको यो खोप अभियान मंगलबारसम्म जारी रहनेछ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको फाइजरको खोप लगाइएको हो । यसअघि १२ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई लगाएर बढी भएको खोप १७ वर्षसम्मका किशोर किशोरीलाई लगाउन थालिएको हो । काठमाडौंको गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको