चार अर्ब २७ करोडमा पिच गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनामै चर्कियो
चार अर्ब २७ करोड खर्च गरेर गतवर्ष मात्र परिवर्तन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा चर्किएको छ । करिब एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना नहुँदैदेखि धावनमार्गमा चिरा देखिन...
छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवास्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रालिले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।पानी परेकै बेला गरिएको रनवेक
बारा । बारामा छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही हुन थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमन निकायको बेवस्ता गर्दै निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सुचक चिन्ह पेन्ट माथिनै अस्तर लगाई धमाधम कालोपत्रे गरेसँगै रनवे जोखिम पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता […]
कालोपत्र गरिएको बागलुङ नगरपालिका–१४, नारायणस्थानमा रहेको बलेवा विमानस्थल । २८ वर्षदेखि नियमित उडान हुन नसकेको उक्त विमानस्थलको धावनमार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा रहेको स्थानीयले बताए । तस्वीर : रासस
काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन । मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु […]
लामो समयदेखि कालोपत्रेको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रेसँगै जहाज चल्नेमा स्थानीयवासी आशावादी भएका छन् । विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रेको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर ल
बाग्लुङ नगरपालिका–१४ स्थित नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गरिंदै । कच्ची धावनमार्गका कारण सञ्चालनमा आउन समस्या भएको विमानस्थल कालोपत्रपछि सञ्चालनमा आउने अपेक्षा छ । धावनमार्ग कालोपत्र गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग ७ करोड रुपैयाँमा ठेक्का भएको थियो । तस्वीर : रासस
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल स्तरोन्नती तथा ठुला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ । दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ । विमानस्थल स्तरोन्नती गरी
सुर्खेत : जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ। जुम्ला विमानस्थल स्तोरोन्नती तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो।धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ।दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ। विमानस्थल स्तोरोन्नती गरी ठूला जहाज
बागलुङ । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र शुरू भएको छ । २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो ।
गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काममा दुईपटक म्याद थपिसकिएको छ । लामो समयको कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रको काम शुक्रवारदेखि शुरू भएको छ ।
२०७७ फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो । विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए ।
कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्रको कामले तीव्रता पाएको उनले बताए । ‘मौसममा सुधार भएसँगै काम शुरू भएको छ, अहिले बिटामिन छर्ने काम भइरहेको छ, तत्कालै प्लान्टबाट कालोपत्रको कच्चा पदार्थ ल्याइन्छ’, उनले भने, ‘आगामी फागुनभित्रै विमानस्थलको कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरण गरिनेछ, कोरोना र वर्षाका कारण कालोपत्रमा ढिलाइ भएको हो, अब गर्मीसमेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा छौं ।’
धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेलसमेत सम्पन्न भइसकेको थियो । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेकोमा अहिले काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए । उनका अनुसार ठेकदार कम्पनीले कालोपत्रका लागि सबै तयारी पूरा गरेर अहिले धावनमार्गको धुलो उडाउने, बिटुमिन छर्ने काम गरिरहेको छ ।
घाम नलागेकाले कालोपत्रमा समस्या भएको थियो, अहिले मौसममा सुधार भएकाले प्राविधिक हिसाबले काम गर्न सहज भएको उनको भनाइ छ । विमानस्थल कालोपत्रको ठेक्काको म्याद चैत मसान्तसम्म मात्रै रहेको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलको जम्मा १५ प्रतिशत मात्र काम बाँकी छ । कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ ।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महीना उडानसमेत भरेका थिए । तर आवश्यक पूर्वाधार अभावले अहिले विमानस्थल बन्द छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।
कालीगण्डकी कोरिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रु अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस
दाङ – दाङको टरिगाँउ विमानस्थलको धावनमार्ग थप विस्तारका लागि स्थलगत नापजाँंच सुरु भएको छ ।
तुलसीपुरको टरिगाँउमा रहेको धावनमार्गमा अहिलेको ७ सय ५० मिटर लम्बाइलाई बढाएर कम्तिमा १ हजार ३ सय मिटर पुर्याउन सके ठूला जहाज पनि अवतरण हुन सक्ने भन्दै तुलसीपुर उद्योग वाणिज्य संंघको नेतृत्वमा स्थलगत नापजांँच सुरु गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलीले विमानस्थलको धावनमार्गको उत्तर दक्षिण क्षेत्रको लम्बाइ नापजांँच गरेका थिए । कम्तिमा ४२ सिटे जहाजलाई अवतरण गर्नका लागि आवश्...