टरिगाँउ विमानस्थलको धावनमार्ग विस्तारका लागि स्थलगत नापजाँंच

दाङ – दाङको टरिगाँउ विमानस्थलको धावनमार्ग थप विस्तारका लागि स्थलगत नापजाँंच सुरु भएको छ ।  तुलसीपुरको टरिगाँउमा रहेको धावनमार्गमा अहिलेको ७ सय ५० मिटर लम्बाइलाई बढाएर कम्तिमा १ हजार ३ सय मिटर पुर्याउन सके ठूला जहाज पनि अवतरण हुन सक्ने भन्दै तुलसीपुर उद्योग वाणिज्य संंघको नेतृत्वमा स्थलगत नापजांँच सुरु गरिएको हो ।  तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलीले विमानस्थलको धावनमार्गको उत्तर दक्षिण क्षेत्रको लम्बाइ नापजांँच गरेका थिए । कम्तिमा ४२ सिटे जहाजलाई अवतरण गर्नका लागि आवश्...