तस्वीर : बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र हुँदै

बाग्लुङ नगरपालिका–१४ स्थित नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गरिंदै । कच्ची धावनमार्गका कारण सञ्चालनमा आउन समस्या भएको विमानस्थल कालोपत्रपछि सञ्चालनमा आउने अपेक्षा छ । धावनमार्ग कालोपत्र गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग ७ करोड रुपैयाँमा ठेक्का भएको थियो । तस्वीर : रासस