बैंकमा बढ्यो निक्षेप, कर्जा-निक्षेप अनुपात भने उस्तै

२० मंसिर, काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको बैंकहरुको निक्षेप गत साता भने वृद्धि भएको छ । एक सातामा ७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल बैंकर्स संघले बताएको छ । अघिल्लो साता बैंकहरुको सात अर्ब रुपैयाँले नै निक्षेप घटेको थियो । ३ मंसिरसम्म २७ वाणिज्य बैंकहरुमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । […]

सम्बन्धित सामग्री

कर्जा–निक्षेप अनुपात बढ्यो

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) वृद्धि भएको छ । बैंकिङ प्रणालीबाट लगातार निक्षेप घटेसँगै सीडी रेसियोमा दबाब बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार शनिवार बैंकहरूको सीडी रेसियो ८५ दशमलव ७१ प्रतिशत पुगेको छ । फागुन मसान्तमा बैंकहरूको सिडी रेसियो ८५ दशमलव ६० प्रतिशत रहेकोमा चैत १ गते ८५ दशमलव ६९ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले सीडी रेसियो ९० प्रतिशत भन्दा कम कायम गर्नुपर्छ । गत सातादेखि बैंकिङ प्रणालीबाट निक्षेप लगातार घटिरहेको छ । फागुन ३० गतेको तुलनामा चैत १ गते ११ अर्ब रुपैयाँभन्दा धेरैले निक्षेप घटेको थियो । त्यसपछि पुन: बढेको निक्षेप शनिवार घटेको हो । राष्ट्र बैंकका अनुसार चैत ३ गते शुक्रवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत ४ गते शनिवार घटेर ५४ खर्ब ४ अर्ब रुपैयाँ कायम भएको छ । यअअघि फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधवार घटेर ५४ खर्ब २ अर्ब रुपैयाँ कायम भएको थियो । त्यसपछि बढेको निक्षेप शनिवार पुन: घटेको हो । वाणिज्य बैंकहरूबाट १ अर्ब रुपैयाँ निक्षेप घट्दा विकास बैंक र वित्त कम्पनीहरूको भने स्थिर छ । शुक्रवार वाणिज्य बैंकहरूसँग ४७ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा शनिवार ४७ खर्ब ६३ अर्बमा झरेको छ । गत बुधवार भने वाणिज्य बैंकहरूसँग ४७ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस्तै शनिवार विकास बैंक तथा फाइनान्स कम्पनीहरूको निक्षेप ६ खर्ब ४१ अर्ब रुपैयाँ कायम छ । यसैगरी बैंक, वित्तीय संस्थाको कर्जा शनिवार ४८ खर्ब १३ अर्ब रुपैयाँ छ । फागुन मसान्तको ४८ खर्ब १७ अर्ब रुपैयाँबाट चैत १ गते ४८ खर्ब १२ अर्बमा झरेको कर्जा शुक्रवार बढेर ४८ खर्ब १३ अर्ब पुगेको थियो । शुक्रवारको तुलनामा शनिवार अन्तरबैंक ब्याजदर भने ७ दशमलव शून्य १ प्रतिशतबाट घटेर ७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्रलाई आगामी असार मसान्तसम्म सिडी रेसियोमा गणना गर्न पाइने

बैंक तथा वित्तिय संस्थाहरुले आगामी असार मसान्तसम्म ऋणपत्रमार्फत आएको पुँजीलाई कर्जा निक्षेप अनुपात (सिडी रेसियो)मा गणना गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै...

दबाबमा बैंकहरू : कर्जा–निक्षेप अनुपात कायम गर्नै मुश्किल

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले तोकेअनुसार कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न मुश्किल पर्ने देखिएको छ । राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न दिएको समयसीमा (२०७९ असार) नजिकिँदै गर्दा पनि निक्षेप वृद्धि नभएपछि बैंकहरूमा दबाब बढेको हो । निक्षेप वृद्धि नभएपछि बैंकहरूको सीडी रेसियो घट्नुको साटो बढिरहेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत ११ गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९१ दशमलव १३ प्रतिशत पुगेको छ । फागुन अन्तिममा यो अनुपात ९० दशमलव ९९ प्रतिशत थियो ।  बैंक तथा वित्तीय संस्थाले २०७९ असारसम्ममा सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।  मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली निक्षेप वृद्धि नभएकाले बैंकहरूले तोकिएको समयभित्र सीडी रेसियो कायम गर्न नसक्ने बताउँछिन् । ‘बैंकहरूमा निक्षेपको ग्रोथ हुन सकेको छैन, त्यसैले जति प्रयास गरे पनि असार मसान्तसम्ममा ९० प्रतिशत सीडी रेसियो कायम गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘यो समयसीमा बढाउनुपर्छ ।’ राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको घोषणाअनुसार भदौ पहिलो साता निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न निर्देशन दिएको थियो । तोकिएभन्दा बढी रेसियो भएका बैंकहरूलाई उक्त सीमाभित्र ल्याउन २०७९ असारसम्मको समय दिएको केन्द्रीय बैंक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा आइपुग्दा केही लचिलो बनेको थियो । अर्धवार्षिक समीक्षापछि केन्द्रीय बैंकले पुस १ गते निर्देशन जारी गर्दै सीडी रेसियो कायम गर्न २०७९ असार मसान्तसम्मको समय दिएको छ । सीडी रेसियोलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा पेश गरी त्यसको कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । तर, त्यसअनुसार बैंकहरूले सीडी रेसियो कायम गर्न सकेका छैनन् ।  अहिले बैंकहरूले ऋणपत्रलाई समेत निक्षेपका रूपमा गणना गरी सीडी रेसियो निर्धारण गर्न पाउँछन् । तर, २०७९ असार मसान्तपछि ऋणपत्रलाई निक्षेपका रूपमा गणना गर्न नपाउने व्यवस्था रहेकाले त्यसपछि बैंकहरूको निक्षेपको आकार घट्ने भएकाले सीडी रेसियोमा दबाब अझ बढ्नेछ ।  नेपाल राष्ट्र बैंकका अधिकारीहरू भने तोकिएको प्रावधानअनुसार नै बैंकहरूले सीडी रेसियो कायम गर्नुपर्ने बताउँछन् ।  ‘बैंकहरूलाई २०७९ असारसम्मको समय दिइएको छ,’ राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘त्यसभित्र बैंकहरूले निक्षेप तथा कर्जा लगानीलाई व्यवस्थित गरेर भए पनि तोकिएको सीमाभित्र ल्याउनुपर्छ ।’  सीडी रेसियोमा दबाब बढ्दै गएपछि बैंकहरूले पछिल्लो समय नयाँ कर्जा प्रवाह गर्न छाडेका छन् । मासिक ५० अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गर्दै आएका बैंकहरूले माघ र फागुनमा औसतमा मासिक १५ अर्ब मात्र ऋण विस्तार गरेका छन् । चालू आर्थिक वर्षमा बैंकहरूको निक्षेप १ खर्ब ३१ अर्बले वृद्धि हुँदा कर्जा प्रवाह ४ खर्ब ५१ अर्ब रुपैयाँ छ ।  चोभार सुक्खा बन्दरगाह नाका हुने गरी एलसी खोल्न पाइने बैंक तथा वित्तीय संस्थाले चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी प्रतीतपत्र (एलसी) जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलवार विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै बैंकहरूले चोभार भन्सार नाका कायम रहने गरी प्रतीपत्र जारी गर्न सक्ने व्यवस्था गरेको हो ।  सरकारले चोभारको सुक्खा बन्दरगाह सञ्चालन गर्ने तयारी गरेपछि व्यवसायीले त्यसलाई भन्सार कार्यालय नाका कायम गर्न खोजेको खण्डमा बैंकहरूले सोहीअनुसार प्रतीतपत्र जारी गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । बैंकहरूले यसअघि मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी गरिसकेको भए पनि पैठारीकर्ताले माग गरेको खण्डमा चोभार बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सक्नेछन् ।

बैंकहरुको सीडी रेसियोमा भएन सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार गर्न सकेका छैनन् । बैंक वित्तिय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित ९० प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो । तोकिएको भन्दा बढी भएमा बैंक तथा वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र तोकिएको अनुपात […]

६ महिनापछि बल्ल वित्तीय प्रणालीमा तरलता सहज बन्दै

वित्तीय प्रणालीमा अधिक तरलता ४९ अर्ब पुग्यो, कर्जा निक्षेप अनुपात ९१ प्रतिशतमाथि पुगेकोमा घटेर ८९ दशमलव ६४ मा सीमित साउनदेखि तीव्र तरलता अभाव झेलेको वित्तीय प्रणाली बिस्तारै सहज हुन थालेको छ ।...

आयातमा कडाइ, सीडी रेसियो यथावत्

काठमाडौं । नेपाली राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यथावत् र आयातमा कडाइ गर्दै मौद्रिक नीतिको समीक्षा गरेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई शुक्रबार सार्वजनिक गरेको केन्द्रीय बंैकले अधिकांश विद्यमान व्यवस्थालाई यथावत् राखेको छ । विदेशी ऋण र लगानीमा सहजीकरण बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुजी अर्थात् तरलताको अभाव भएपछि कर्जा–निक्षेप अनुपात […] The post आयातमा कडाइ, सीडी रेसियो यथावत् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिडी रेसियोको सीमा ताेकियो ९० प्रतिशत, सिसिडी खारेज

बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।