बिहीबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन […]
दमौली (तनहुँ) । बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । गत असोज ११ गते आएको बाढीले पुलको तनहुँ र नवलपुर दुवैतर्फको पहुँच सडकमा क्षति पुर्याएपछि यातायात सेवा ठप्प भएको थियो । नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण […]
काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा पीएसजीले सिटीलाई ४–२ गोलको अन्तरले हराएको हो । पीएसजीका लागि डेसिरे डुए, ओसमान डेम्बेले, भिटिन्हा र म्याग्नेस अक्लियोचेले एक–एक गोल गरेका थिए । म्यानचेस्टर सिटीका अलिङ हालाण्डले दुई गोल फर्काएका थिए । पीएसजीका […]
शिक्षा तथा खेलकुद मन्त्रालयले पहुँचका आधारमा विद्यालय भवनमा बजेट जाने प्रवृत्ति रोक्न देशभर पूर्वाधार मूल्याङ्कन सुरु गरेको जनाएको छ। एउटै विद्यालयमा पटकपटक भवन बन्ने तर आवश्यक स्थानमा पूर्वाधार नपुग्ने समस्या सम्बोधन गर्न विद्यार्थी संख्या, जन्मदर र भौगोलिक अवस्थालाई बजेट विनियोजनको आधार बनाउने तयारी गरिएको हो। वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी प्रदेशस्तरीय कार्यशालामा मन्त्रालयले संघ, प्रदेश […]
भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत देवकोटा चोकदेखि आँखा अस्पतालसम्म सडकमा सञ्चालन गरिएको खाना महोत्सवले मुख्य सडकको आवागमन प्रभावित बनायो । सडक नै कार्यक्रमस्थल बनाइँदा यात्रु र सवारीसाधनले असहजता भोग्नुप¥यो […]
बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा कुनै समय राजाको भलोका लागि पूजा गरिन्थ्यो। अहिले त्यही परम्परागत विधिबाट देशवासीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म हुने विशेष पूजाको सङ्कल्प फेरिएको छ, तर पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि निरन्तर छ। “पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प […]