१८ दिनपछि घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा

दमौली (तनहुँ) । बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । गत असोज ११ गते आएको बाढीले पुलको तनहुँ र नवलपुर दुवैतर्फको पहुँच सडकमा क्षति पुर्‍याएपछि यातायात सेवा ठप्प भएको थियो । नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण […]