आज पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना, उच्च हिमाली भेगमा हिमपात हुन सक्ने

बिहीबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन […]