वैशाख १९, काठमाडौं। स्थानीय बजारमा सोमवार पनि सुनको मूल्य घटेको छ ।
आइतवार २०० रुपैयाँले घटेको सुनको मूल्य यो दिन प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतवार सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ। यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८८५ दशमलव २४ डलर पुगेको छ ।
त्यसैगरी, आज अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२१ दशमदज ५८ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा अमेरिकी डलर विक्री भएको थियो ।