वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताए ।अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ छ । गुरागाईंले भने, ‘अविश्वासको प्रस्ताव पनि आउन सकेन, संसदले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको अवस्था छ ।’संसदबाट नकारा