सुडानका सैन्य जनरल अब्देल फताह अल बुर्हानले बन्दी बनाइएका चारजना मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन् । गत साता सेनाले सत्ता कब्जा गरेयता यी मन्त्रीहरुलाई पक्राउ गरिएको थियो ।सरकारी सञ्चारमाध्यम सुडान टिभीका अनुसार टेलिकम्युनिकेसन्स मन्त्री हसिम हसाब अल्रासोल, उद्योग मन्त्री अलि गेड्डो, सूचना मन्त्री हम्जा बालोउल र युवा तथा खेलकुद मन्त्री युसुफ एडम रिहा भएका हुन् । अन्य मन्त्रीहरु भने हिरासतमै छन् । बिहीबारमै अल बुर्हानले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन् । उनले यस