काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निलम्बन निष्क्रिय भएपछि भएको तनावका कारण आज पनि सर्वोच्चको काम कारबाही प्रभावित हुने भएको छ। जबराविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले बुधबार जबरालाई निलम्बन निष्क्रियको पत्र दिएपछि बुधबार दिनभर सर्वोच्च अदालत प्रभावित भयो। बिहीबार सार्वजनिक बिदा पर