इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ ।
मन्त्रालयबाट आएको एक टोलीले इलाम अस्पताललाई आधार बनाएर त्यस आसपासको क्षेत्रमा मेडिकल कलेज बनाउन सहमति दिएको हो ।
मन्त्रालयको टोली र अस्पताल विकास समितिबीच भएको बैठकले इलाम नगरपालिकालाई मेडिकल कलेजका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न जिम्मेवारी दिएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए ।
‘सबै नयाँ व्यवस्थापन गर्नुभन्दा अहिले सञ्चालन भइरहेको अस्पतालको स्तर वृद्धि गरेर त्यसलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्दा सहज हुने पनि देखियो...