चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १४ करोड २४ लाख रुपैयाँको चिज भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो ।यस अवधिमा २ लाख १५ हजार किलो चिज भित्रिँदा राज्यलाई ४ करोड २६ लाख रुपैयाँ राजश्व संकलन भएको छ । नेपालले विदेशबाट ठूलो मात्रामा डेरीजन्य वस्तुको आयात गर्दै आएको विभागले जानकारी दिएको छ ।यहि अवधिमा २ करोड ४२ लाख रुपैयाँ बराबरको ३६ हजार किलो बटर समेत भित्रिएको छ । यसमार्फत राज्यले १ करोड ४१ लाख रुपैयाँ राजश्व संक