काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएको छ।शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै यस्तो बताएका हुन्।उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकशितबाट विकासोन्मुखमा स्तरोन्नति गर्ने लक्ष्य राखेकाले त्यसको लागि अबौं लगानी गर्नुपर्ने भएको बताए। मन्त्री शर्माले मुलुकको स्तरोन्नति गर्नका लागि अहिले बजेटमा छुट्याएको पुँजीगत तथा समग्र ख