कोरोनाकाे कहर - विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार नाघ्यो, ५४ लाख २० हजार बढी संक्रमित
काठमाडौं । काेराेना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ४४ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ५४ लाख २० हजार पुगेको छ भने २२ लाख ...
एजेन्सी, १४ कात्तिक । केरलाको कोट्टायम जिल्लाको एक निजी सुँगुर फार्ममा अफ्रिकन स्वाइन फिभरबाट मृत्यु हुने सुँगुरको संख्या १९ पुगेको छ । सुँगुरहरुमा स्वाइन फिभर देखिएसँगै राज्यका केही क्षेत्रमा सुँगुरको मासु बिक्री गर्ने पसलहरू बन्द गर्न निर्देशन दिइएको छ । स्वस्थ सुँगुरहरू संक्रमित ठाउँमा नपुगेको सुनिश्चित गर्नका लागि पनि कदम चालिएको छ। समाचार एजेन्सी एएनआईअनुसार […]
संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पह
कोरोनाले एकपटक पुनः आफ्नो कहर निम्त्याउन सुरु गरेको छ । बलिउड इन्डष्ट्रिका थुप्रै ठूला सेलिब्रिटी एकपछि अर्को गर्दै कोरोनाको चपेटामा आइरहेका छन् । अब बलिउडका दिग्गज अभिनेता प्रेम चोपडा र उनकी श्रीमती पनि कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमित पाइएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।अस्पतालमा उपचार चलिरहेको छःप्रेम चोपडा र उनकी श्रीमती मुम्बईको लिलावती अस्पतालमा भर्ना छन् । दुबैको उपचार डा. जलिल पारकरको निगरानीमा भइरहेको छ । जानकारीका अनुसार प्रेम चोपडा र उनकी श्रीमतीले मोनोक्लोनल एन्टीबड
कोरोना संक्रमणको दोस्रो लहरबाट प्रदेश २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित थपिँदै गएका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गीय समुदाय नराम्ररी प्रभावित हुन थालेको छ ।निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेपछि मजदुर वर्गलाई दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेको छ
नेपालमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । निषेधाज्ञा जारी गरेपनि संक्रमितको संख्या घट्नुको साटो दिनानुदिन बढ्दो छ । संक्रमित मात्रै होइन, मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ । स्थिति निकै भयावह छ ।जनताको अभिभावकत्व ग्रहण गर्नुपर्ने सरकार भने यस्तो महामारीका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । गएको साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आकासिएको भन्दै अहिलेको संयन्त्रले थप बिरामीलाई अस्पतालमा उपचार गराउन नसक्ने भन्दै लज्जास्पद विज्ञप्ति निकाल्यो ।आखिर जनता कह
भारतका कोरोनाको कहर जारी रहँदा गोरखपुरको एक निजी अस्पतालका कोरोना संक्रमित पतिको उपचार गराइरहेकी महिलाले हैरान भएर बुधवार आत्महत्या गरेकी छन् ।
दुई दिनअघि कोरोनाका कारण ती महिलाका ससुराको ज्यान गएको छ ।
मेडिकल कलेज रोडमा रहेको निजी अस्पतालमा पतिको उपचार गराउन ती महिला क्याम्पियगञ्जबाट आएकी थिइन् । उपचारका क्रममा पतिलाई सास फेर्न गाह्रो परिरहेको थियो । अस्पताल प्रशासनले महिलालाई अक्सिजनको व्यवस्था गर्न भन्यो । महिलाका पिता अक्सिजन खोज्न हिँडे । त्यसैबीचमा महिलाले अस्पताल भवनको पछाडि गएर आत्महत्या गरिन् ...
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् ।भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो ।भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ ।भारतमा हालसम्म
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डै तीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृ
भारतबाट फर्केका वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भयो । उनी एक महिना भारतको नयाँ दिल्लीमा बसेर त्यहाँ कोरोना कहर मच्चाउन थालेपछि दश दिनअघि घर फर्केका थिए ।...
कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ७ गतेदेखि काठमाडौं उपत्यकाका ५० शय्या माथिका अस्पताललाई ओपिडी र अप्रेसन सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन नै दियो।