काठमाण्डाै – चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । याङ्सी नदीको सहायक नदीका रूपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको समाचार संस्था एपीले जनाएको छ ।आयोजनाको उत्पादन क्षमता १६ हजार मेगावाट रहेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजनाअनुसार चीनमा ठूला जलविद्युत् गृहहरू निर्माण भइरहेका छन् ।चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिक उत्...