एन्फाले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्दै

अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्न लागेको छ । एन्फाका अनुसार संघसँग आबद्ध ७४५ जना खेलाडीले यस्तो सुबिधा पाउन लागेका हुन । एन्फाको बिमा सुबिधा राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीले पाउनेछन् । राष्ट्रिय फुटबल खेलाडी ७० जना र ए डिभिजन लिगका ७०० जना गरी ७४५ खेलाडीले बिमा सुबिधा पाउनेछन् । एन्फाले बिमा कम्पनीलाई प्रस्ताब पेश गर्न आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

मधेस प्रदेश: महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा

हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए।

पत्रकारको दुर्घटना बिमाका लागि सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले श्रमजीवी पत्रकारहरूको दुर्घटना बिमामा अनुदान दिने कार्यक्रम सुरु गर्न सरकार सकारात्मक रहेको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बिमा गरी प्रिमियमको ५० प्रतिशत रकम अनुदान दिने र पत्रकारहलाई ‘उपचार सुविधा परिचय पत्र’को आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर, त्यो व्यवस्था अझैसम्म लागू भएको छैन ।

सनराइज बैंकको बचत खातामा स्वास्थ्य योजना सहितको बीमा सुविधा

सनराइज बैंकले  बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्ने गरि नयाँ खाता योजना ल्याएको छ । २०७४ साल चैत्र १ गते देखि बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ । जस अनुसार बैंकले स्वास्थ्य बीमा अन्र्तगत अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी रु.१ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा ग िरएको उपचारमा मात्र बिमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर थाईल्याण्डका अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउदा लिन सकिने छ ।ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । बैंकका अनुसार हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामुहिक दुर्घटना बिमा लगायत सम्पत्ती तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्सले […]

तलब वृद्धिमा कर्मचारी असन्तुष्ट

निजामती कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमा प्रिमियमबापतको रकम सरकारले व्यहोर्ने मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको...

सन्राइज बैंकको योजनाबारे इटहरीमा छलफल - Naya Patrika

सन्राइज बैंक लिमिटेड, इटहरी शाखाले ग्राहकको स्वास्थ्य तथा दुर्घटना बिमा र अन्य इलेक्ट्रोनिक बैंकिङ सुविधासम्बन्धी जानकारी तथा छलफल कार्यक्रम सुन्दरहरैँचा–३, मोरङस्थित गछियाचोकमा सम्पन्न गरेको छ ।   बैंकका बचतकर्ताले अस्पताल...पूरा पढ्नुहोस् »

आइएमई जनरल र कृषक सहकारीबीच औषधोपचार सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबिच संस्थाका सदस्यहरूको स्वास्थ्य बिमा तथा सामूहिक दुर्घटना बिमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे ।