२५ साउन, काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले […]