कैलाली । ‘खगराज भट्ट हुनुहुन्छ ?’, माओवादी सुदूरपश्चिम संसदीय दलको कार्यालय पुगेका एक युवकले मलिन स्वरमा सोधे । ‘एउटा छलफलमा हुनुहुन्छ’, भट्टको स्वकीय सचिव केशव जोशीले जानकारी दिए । ‘केही थियो की ?’ ‘उहाँलाई भेट्न आएको, ठूलो आश लिएर’, ती युवकको स्वर अझै मलिन भयो । भट्टलाई कुरिरहेका ती युवकले आफ्नो झोलाबाट झिकेर केही कागजपत्र […]