भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी

स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयन दर्ताको समयभित्र मेयरमा ३० र उप मेयरमा १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका डेस्क अधिकृत पुजन थपलियाका अनुसार भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी, नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल (सत्तारुढ गठबन्धनको साझा उम्मेदवार)ले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै, लोसपाबाट गणेश गिरी, विवेकशील साझाबाट प्रवीण काफ्ले, जनमोर्चाबाट भक्तिराम शर्मा

सम्बन्धित सामग्री

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

काठमाण्डाै - भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  ...

भरतपुर महानगरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता

भरतपुर, १२ बैशाख । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । दाहाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको सर्मथन रहेको छ। उनले आज दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । उनीसँगै उपप्रमुखमा नेपाली […]

रेनु दाहालले दिइन् भरतपुर मेयरमा उम्मेदवारी

चितवन- चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले सोमबार मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन्। भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले यसपटक पनि मेयरमा उम्मेदवारी दिएकी हुन्। सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागबण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले पाउने सहमति गरेका थिए। […]

भारतपुर महानरपालिकाको मेयरमा रेनु दाहालको मनोनयन दर्ता

गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन्। जुलुससहित निर्वाचन कार्यालयम पुगेर दाहालले मेयर उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गरेका हुन्।  दाहाल यसअघि पनि...

भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिने कांग्रेसको असन्तुष्ट पक्षको तयारी

१० वैशाख, चितवन । चितवनमा नेपाली कांग्रेसको एक समूहले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसको जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा शनिबार भएको भेलाले मेयरमा उम्मेदवारी दिने निष्कर्ष निकालेको तरुण दल चितवनका पूर्वअध्यक्षसमेत रहेका नेता शम्भु अर्यालले जानकारी दिए । ‘कांग्रेसबाट मेयरमा उम्मेदवारी कायम रहनुपर्छ भन्ने निष्र्कषमा पुगेका छौं ‘नेता अर्यालले भने, […]

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।महानगर कमिटीको आज आइतवारकाे बैठकमा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवम् एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिनुभयो ।एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले त्यही नाम...

एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने

चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए । महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्‌वार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । […] The post एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुर महानगरको मेयरमा एमालेका विजय सुवेदी, देवी ज्ञवालीले छाडे

चितवन– एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ। एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्वार बनाउने घोषणा गरिएको देवी ज्ञवालीले बताए। मेयरको उम्मेद्वारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद […]

एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा […]

भरतपुर महानगरमा कांग्रेसले मेयरमा दाबी गर्दै डेलिगेसन जाने

काठमाडौं, २२ चैत्र । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेसका नेताहरु पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं पुग्ने भएका हुन् । यस अघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि […]