कञ्चनपुर : भूमिसम्बन्धी समस्या सामाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोवासीको स्थानीय तहमार्फत लगत संकलनको कार्य शुरु गरेको छ। लगत संकलकहरूलाई घर-घरमा परिचालन गरी लगत संकलनको कार्य भइरहेको छ।पहिलो चरणमा आयोगसँग सम्झौता भएको कृष्णपुर नगरपालिकाले लगत संकलनकर्ताहरुलाई तालिम प्रदान गरी वडा वडामा परिचालन गरेको छ।दोस्रो चरणमा सम्झौता भएका शुक्लाफाँटा, बेलडाँडी, लाझाडी, बेदकोट लगायतका पालिकामा लगत संकलन कर्ताहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरी लगत संकलन गर्ने तरिका