बैतडी : जिल्लाका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भएको छ। राष्ट्रिय भूमि आयोग, जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल) का अनुसार पञ्चेश्वर , सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौंडी र पाटन नगरपालिकामा तथ्यांक संकलन कार्य सम्पन्न भएको हो।तथ्यांक संकलन भएका यी पालिकाले लगत संकलनको काम सकेर आयोगमा तथ्यांक प्रविष्ट गरिसकेको जनाएको छ।संकलित तथ्यांकमा पञ्चेश्वर गाउँपालिकामा २४५ भूमिहीन दलित, ६ परिवार भूमिहीन सुकु