काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी समस्याको सम्बोधन नभए ज्वालामुखीजस्तै विस्फोट हुने र सडकमा उत्रन बाध्य हुने बताएका छन्। उनले यसअघिका समस्यामा सम्बोधन गरेकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए।