बाढी-पहिराको कहर : दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था के छ ?

काठमाडौं । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर कोरिडोर (चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन् । तमोर कोरिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध […]

सम्बन्धित सामग्री

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ । पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि […]

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट

डोटीमा केही दिन यतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ । वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्मे भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँ

बाढीले नाग्म–गमगढी सडक अवरुद्ध

४ साउन, जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तर वर्षापछि सिंजा गाउँपालिका–२ स्थित विष्टवाडा खोलामा बाढी आएपछि गाडी ओहोरदोहोर गर्न नसकेको हो । वडा नम्बर २ का वडाध्यक्ष तीर्थ वडका अनुसारका विष्टवाडा खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन । सवारी साधन खोला वारी र पारी रोकिएका छन् । […]

बाढीले नाग्म-गमगढी सडक अवरुद्ध

काठमाडाैँ- कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ। निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका‍-२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो। २ नम्बरका वडाध्यक्ष तीर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ। खोलामा सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन। सवारीसाधन खोला वारि र पारि रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। सिंजा गाउँपालिका-३ नराकोट […]

नाग्म–गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो । २ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन ।सवारी साधन खोला वारी र पारी रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो

बाजुरा जोड्ने सबै सडक अवरुद्ध

धनगढी : सुदूरपश्चिमको दुर्गम जिल्ला मानिने बाजुरा र अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ। सुदूरका तराईका जिल्ला र बाजुरा जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यस्तो अवस्था आएको हो।सडक अवरुद्ध भएको लगभग दुई महिना पुगेको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्ड साँफे–मार्तडी तथा हुम्ला र मुगु जिल्ला जोड्ने मार्तडी–कोल्टी सडकखण्ड गत असारदेखि अवरुद्ध भएका हुन्। उक्त सडकहरु हालसम्म पनि सञ्चालनमा नआएको बाजुराका स्थानीय ब्यापारी राम बोहराले बताए। ‘असारमै साँफे–मार्तडी सडकको बल

पहिरोले नवलपुर–चौतारा सडक अवरुद्ध

सिन्धुपाल्चोक– अविरल वर्षाका कारण पहिरो जाँदा नवलपुर–चौतारा सडकखण्ड अवरुद्ध भएको छ। इन्द्रावती गाउँपालिका–२ स्थित बेंशीमा पहिरो गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिए। सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको पनि उनले बताए। निरन्तर रुपमा पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न नसकिने […]

नवलपुर–चौतारा सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिराे जाँदा नवलपुर–चौतारा सडकखण्ड अवरुद्ध भएको छ ।  इन्द्रावती गाउँपालिका–२ स्थित बेंशीमा पहिराे गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिए ।सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको पनि उनले बताए । निरन्तर रुपमा पहिराे खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न नसकिने इन्द्रावती–२ का वडाध्यक्ष वरिबहादुर तामाङले बताए ।

माथिबाट पहिराे अनि तलबाट इन्द्रावतीले रेटेपछि जिरोकिलो मेलम्ची सडक अवरुद्ध

काठमाडौँ – लगातारको बाढी तथा पहिरोका कारण क्षति पुगेपछि सिन्धुपाल्चोककाे जिरोकिलो मेलम्ची सडक अवरुद्ध भएको छ। फटकशिलाको रातोमाटे भन्ने ठाउँमा माथिबाट पहिरो र तलबाट इन्द्रावती नदीले कटान गर्दा बाटो अवरुद्ध भएको छ। सडकको अवस्था बिग्रेपछि मेलम्ची मात्रै पुग्न पनि मुस्किल भएको छ। पुल भत्केपछि त्यसभन्दा माथिल्लो भेग यसअघि नै यातायात सम्पर्कबाट टुटिसकेको थियाे। सडक अवरुद्ध […]

बाढीपहिरो डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । यहाँका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्ये तथा भासिँदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको, बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोराल खोला–रेल र पोखरा–बेलापुर सडकमा यातायातका साधन चल्ने अवस्था छैन । अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका अन्तर्गत अमरगढी–७ पोखरा तिलाडी कृषि सडक अमरगढी–११ डोला बडा