धनगढी : सुदूरपश्चिमको दुर्गम जिल्ला मानिने बाजुरा र अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ। सुदूरका तराईका जिल्ला र बाजुरा जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यस्तो अवस्था आएको हो।सडक अवरुद्ध भएको लगभग दुई महिना पुगेको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्ड साँफे–मार्तडी तथा हुम्ला र मुगु जिल्ला जोड्ने मार्तडी–कोल्टी सडकखण्ड गत असारदेखि अवरुद्ध भएका हुन्। उक्त सडकहरु हालसम्म पनि सञ्चालनमा नआएको बाजुराका स्थानीय ब्यापारी राम बोहराले बताए। ‘असारमै साँफे–मार्तडी सडकको बल