काठमाडाैँ- कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ। निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका-२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो। २ नम्बरका वडाध्यक्ष तीर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ। खोलामा सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन। सवारीसाधन खोला वारि र पारि रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। सिंजा गाउँपालिका-३ नराकोट […]