अविरल वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । यहाँका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्ये तथा भासिँदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको, बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोराल खोला–रेल र पोखरा–बेलापुर सडकमा यातायातका साधन चल्ने अवस्था छैन । अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका अन्तर्गत अमरगढी–७ पोखरा तिलाडी कृषि सडक अमरगढी–११ डोला बडा