समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

काठमाडौं । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप मर्कामा परेका छन् । कैलालीको टीकापुर घर भई हाल काठमाडौंको लैनचौरमा बस्दै आएका सुरोज रावल कोरोनाका कारण बुवा बितेपछि घर जानैपर्ने बाध्यतामा थिए । घर जाने गाडी खोज्दै गोंगबु बसपार्क बाहिर पुग्दा कैलाली जान तयारी अवस्थामा रहेको एउटा माइक्रो बस देखे । त्यसमै जाने निर्णय गरेका उनीसँग गाडीका स्टाफले ५ हजार रुपैयाँ भाडा मागे । घर जानैपर्ने बाध्यतामा रहेकाले उनले भनेजति भाडा दिए । ‘टिकट पनि दिइएन, प्रहरीले भाडाको विषयमा सोधेमा १५ सय रुपैयाँ भाडा तिरेको भन्न सिकाइयो,’ उनले भने, ‘बाध्यता परेकाले मैले गाडीवालाले भने बमोजिम गरेँ, बसमा चढेका जति अरूले पनि त्यही गरेका रहेछन् ।’ सामान्य अवस्थामा काठमाडौंदेखि टीकापुरसम्मको भाडा १५ सय देखि २ हजार रुपैयाँ पर्छ । यस्तै समस्यामा परेर आइतवार सुर्खेतबाट काठमाडौं आइपुगेका नरेश शाहीले पनि आफूले अरू बेलाको भन्दा ३ हजार रुपैयाँ बढी भाडा तिरेको सुनाए । यसअघि सामान्य अवस्थामा सुर्खेतदेखि काठमाडौंसम्मको भाडा २ हजार रुपैयाँ छ । यसरी यात्रु बोक्ने गाडीहरू पहुँचको भरमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर निर्बाध चलिरहेको र समस्यामा परेका यात्रुलाई लुट्ने काम गरिरहेको आम यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायी महासंघले यस्तो काममा आफू मातहतका व्यवसायी नभई निजी गाडी संलग्न भएको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले रातो नम्बर प्लेट भएका गाडीहरू नै यस्ता कार्यमा बढी सक्रिय रहेको र अनावश्यक रूपमा यात्रुसँग चर्को भाडा असुल्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालयले निजी गाडीहरूलाई अनावश्यक रूपमा पासको व्यवस्था गरिदिँदा यस्तो समस्या आएको उनको बुझाइ छ । एकातिर यातायात व्यवसायीले स्थानीय तह र प्रशासनकै मिलेमतोमा यस्तो काम भएको हुन सक्ने बताइरहेको भए पनि प्रहरी प्रशासनले भने अनावश्यक भाडा लिने गरेका सवारीसाधन र सवारीधनीलाई कानून बमोजिम मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका सूचना अधिकारी एसपी श्यामकृष्ण अधिकारीले बढी भाडा लिएकोबारे यात्रुले प्रहरीमा उजुरी गरेमा त्यस्ता सवारीधनीलाई कानून बमोजिम कारबाही गरिने बताए ।

सम्बन्धित सामग्री

यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ

काठमाण्डाै - दशैँमा घर जान लागेका यात्रुसँग बढी भाडा लिने सात जना काठमाण्डौको विभिन्न काउन्टरबाट  पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने सात जनालाई आज बिहान  काठमाण्डौको विभिन्न काउन्टरहरुबाट पक्राउ गरेको हो । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले  कोटेश्वर क्षेत्रको काउन्टरबाट  खोटाङ ऐँसेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुमा रहेको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र ब...

बढी भाडा लिन मोलमोलाइ गर्ने नौ बिचौलिया पक्राउ

काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने नौ बिचौलियालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएभन्दा बढी भाडा लिँदै गरेको...

बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित

यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनिलजङ्ग शाहले जानकारी दिए । बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर य

बढी भाडा लिने सवारीसाधन कारबाहीमा

निषेधाज्ञाका बेला तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

डोटीमा बढी भाडा लिने सवारी साधन कारवाहीमा

तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ । दोस्रो चरण

तोकिएको भन्दा बढी भाडा लिने आठ जना काठमाण्डौबाट पक्राउ

काठमाण्डाै – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूलाई आव...

बढी भाडा असुल्ने दुई एम्बुलेन्स चालक पक्राउ

पर्सा, २ जेठ । बढी भाडा असुली गरी कालाबजारी गर्ने २ जना एम्बुलेन्स चालकाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका(१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय […]

हेलिकोप्टरमा बढी भाडा प्रकरण : तोकेभन्दा बढी भाडा असुले कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।  प्राधिकरणले गुनासो गर्नका...