काठमाण्डाै – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई आव...