काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (Ganapati Laghubitta Bittiya Sanstha Ltd.) ले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण (Financial Statement) अनुसार कम्पनीको खुद नाफा (Net Profit) गत आवको तेस्रो त्रैमासको तुलनामा २८ दशमलव १५ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. २ करोड ७ लाख नाफा (Profit) कमाएकोमा चालू आवको सोही अवधिसम्ममा यो रकम रू. १ करोड ४९ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १६ दशमलव ९१ प्रतिशत र सञ्चालन नाफा २९ दशमलव २५ प्रतिशत घटेको छ ।
कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ०३ प्रतिशत रहेकोमा चालू आवमा बढेर ३ दशमलव ५५ प्रतिशत पुगेको छ ।
कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७० पैसा रहेकोमा चालू आवमा घटेर ८ रुपैयाँ ८५ पैसामा झरेको हो । कम्पनीको मूल्य आम्दानी अनुपात ५६ दशमलव ८९ गुणा, तरलता अनुपात १ दशमलव ५१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ४० छ ।
चुक्ता पूँजी (Paid up Capital) रू. १५ करोड १५ लाख रहेकोमा कम्पनीले जगेडामा रू. ४ करोड ३२ लाख र रिटेन्ड अर्निङमा रू. ८८ लाख ३७ हजार सञ्चिति गरेको छ । कम्पनीले रू. १ अर्ब ७० करोड सापटी लिएर, रू. ५४ करोड ४६ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ४२ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला