रुकुम पूर्वको देउखोला–नायगाढ पुल–जामाबगर– त्रिवेणी सडक खण्डको १२ मिलोमिटर र रुकुम पश्चिमको शितलपोखरी–झुल्खेत–चुन्बाङ सडक खण्डको १८ मिलोमिटर सडक निर्माण दुई वर्षदेखि अलपत्र परेकाे छ । कामको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता बमोजिम काम नगरेर सडक अलपत्र पारेको छ । निर्माण कम्पनीले सम्झौता बमोजिम काम नगरेपछि आयोजना कार्यालयले ठेक्का सम्झौता तोड्न सार्वजनिक सूचना समेत निकालिसकेको छ ।