व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण

बाग्लुङको ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् ।कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् ।फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् ।ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्या...

सम्बन्धित सामग्री

सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दो

हरिया सागसब्जी फलफूल र तरकारी उत्पादन गर्दै आएका पानवारीका किसानहरू पछिल्लो समय सुपारी खेतीतर्फ आकर्षित भएका छन् ।

रू. १ अर्ब ३१ करोडको केरा आयात

काठमाडौं । नेपालमै फलाउन सकिने सम्भावना प्रशस्त भएको केरा चालू आर्थिक वर्ष (आव) को ९ महीनामा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको अभिलेखअनुसार गत साउनदेखि चैतसम्ममा भारतबाट ४६ हजार १७६ र इन्डोनेशियाबाट १ गरी कुल ४६ हजार १७७ मेट्रिक टनभन्दा बढी केरा आयात भएको छ । केरा आयातका लागि उक्त अवधिमा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँभन्दा बढी भारत र इन्डोनेशिया गएको देखिन्छ । अघिल्लो आव २०७७/७८ मा भने वर्षभरमा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५८ हजार ४६५ मेट्रिक टन केरा आयात भएको देखिन्छ । गत आवमा भारतबाट मात्रै केरा आयात भएको भन्सार विभागको अभिलेखले देखाउँछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७५ हजार ३ सय ६८ हेक्टरमा फलफूल खेती हुन्छ । त्यसमध्ये १६ हजार ६ सय ९९ सय हेक्टरमा केराखेती हुन्छ । त्यसबाट वार्षिक २ लाख ५४ हजार १ सय ६१ मेट्रिक टन केरा उत्पादन हुन्छ । आन्तरिक उत्पादनले ३/४ महीनाको बजार माग पनि धान्न मुश्किल पर्ने गरेको केरा उत्पादक किसान तथा व्यवसायी बताउँछन् । पछिल्लो समय केराखेतीतर्फ किसानको आकर्षण बढेको जस्तो देखिए पनि आवश्यक समयमा मल र औषधि उपलब्ध नहुँदा पछिल्लो समय उनीहरू हतोत्साहित हुन थालेको कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले बताए । यसको असर उत्पादनमा परेको उनले जानकारी दिए । उनका अनुसार अन्य बालीमा १/२ पटक मल राख्दा पुग्छ तर केराखेतीलाई चैत, असार, असोज र पुस वर्षमा चारपटकसम्म मल हाल्नुपर्ने हुन्छ । यसो नगरे उत्पादनमा ह्रास आउँछ । तर, सरकारले उपयुक्त समयमा किसानलाई मल उपलब्ध गराउन सकेको छैन । यसले खेती गरिरहेका किसान अझै हतोत्साही हुने उनको भनाइ छ । सानोतिनो परिमाणमा सबैजसो जिल्लामा केराखेती हुने भए पनि कैलाली, कञ्चनपुर, चितवन, नवलपरासी, झापालगायत जिल्ला केराखेतीका लागि प्रख्यात छन् । ती जिल्लाका ४ हजार २ सयभन्दा बढी किसान व्यावसायिक केराखेतीमा आबद्ध छन् । नेपालमा केराखेतीको उत्पादन बढाई यसको अयात कम गर्न सरकारले समयमा मल र औषधिको व्यवस्थापन गरी किसानको मेहनतको उचित मूल्य तोक्ने काम गर्नुपर्ने चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी बताउँछन् । केराको आकार, सफाइ, गे्रडिङ, प्याकेजिङ र ब्रान्डिङलगायत मापदण्ड बनाई उपयुक्त मूल्य तोक्ने वातावरण सरकारले बनाउन सके कोही पनि किसान बिचौलियाका कारण ठगिनुपर्ने अवस्था नआउने उनको बुझाइ छ । मल अभावले किसान मर्कामा रासायनिक मलको अभाव हुँदा केराखेती गर्ने किसान मर्कामा परेका छन् । यसपटक केराखेतीमा मल हाल्नुपर्ने समय बितिसक्दा पनि किसानले मल पाएका छैनन् । मल अभावका कारण यतिबेला कैलाली, कञ्चनपुर, चितवन, झापालगायत जिल्लाका केरा किसानले सास्ती बेहोर्नुपरेको छ । खेतमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका किसान पूर्ण साउदले बताए । ‘स्वदेशमा मलको हाहाकार भएपछि किसान भारतको सीमावर्ती बजार जान थालेका छन् । उताबाट किनेर ल्याएको मल पनि प्रहरीले बोरा च्यातेर बाटोमै फालिदिन्छ । न त सरकारले हामीलाई मल उपलब्ध गराउन सक्छ न सीमापारिबाट ल्याउन दिन्छ । यस्तो अवस्थामा उत्पादन राम्रो हुने कुरै भएन,’ उनले भने । कञ्चनपुरमा २५ सय किसानले करीब ५ सय हेक्टर जमीनमा केराखेती गरेका छन् । कञ्चनपुरको जस्तै अवस्था छ– कैलाली, चितवन र झापाका किसानको पनि । कैलालीमा ७ सय हेक्टर, चितवनमा ३ हजार बिगाहा र झापामा २ हजार बिगाहाभन्दा बढीमा केराखेती छ । यी जिल्लाका किसानले मल अभावका कारण सास्ती खेपिरहेका बेला सरकारी अनुदानको मल विक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीसँग मलको मौज्दात नै छैन ।

चरन अभावले मौरीपालक किसान मारमा

चितवन । चितवनमा मौरीको चरन क्षेत्र खुम्चिँदा मौरीपालक किसान मारमा परेका छन् । मौरीपालनमा किसानको आकर्षण बढे पनि मौरी चरनका लागि लागि चिउरी, तोरी, रुधिलो लगायत बोटविरुवा पाइने क्षेत्र घट्दा अन्य जिल्लामा मौरी लगेर चराउनुपर्ने बाध्यता छ । भरतपुर महानगरपालिका–९ का मौरीपालक किसान विष्णु भुसालले केही वर्ष अघिदेखि दाङ, प्यूठान, सर्लाही, महोत्तरी लगायत जिल्लामा लगेर मौरी चराउँदै आएका छन् । ‘चितवनमा प्रशस्त चरन क्षेत्र छैन, अहिले डेढ सय गोला लिएर दाङ आएको छु,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा केही सुधार हुने अपेक्षा गरिए तापनि चरन क्षेत्रको अभावले सास्ती खेप्नुपरेको उनले बताए । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान कोटेर तोरी लगाउने बेला भएकाले चरनको समस्या भएको उनको भनाइ छ । रत्ननगर नगरपालिका–१५ का मौरी किसान रोशन पण्डित चरनकै अभावले महको उत्पादन पनि घट्ने बताउँछन् । ‘मौरीपालक किसान र गोलाको संख्या बढेको छ । तर चरन क्षेत्र वर्षेनि घट्दो छ,’ उनले भने । चितवनको मौसमको भर नहुने र नियमित  हावा पानी आउने  भएकाले मौरी चरनमा समस्या हुने गरेको उनले बताए । अहिले चितवनको मौसम राम्रो नभएको, तर दाङतिर यो समयमा चिउरी र तोरी राम्रैसँग फुलेकाले चराउन लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पछिल्लो समय चितवन, प्यूठान, रोल्पा लगायतका किसानले दाङमा मौरी चराउन ल्याएकाले चरन क्षेत्रमा चाप परेको घोराही नगरपालिका–४ का किसान गोपीचन्द्र न्यौपानेले बताए । ‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ,’ उनले भने, ‘मौरीको गोला धेरै भएकाले चरन अभाव भयो ।’ कतिपय फलफूल तथा अन्नबालीमा विषादीको प्रयोग गरिएकाले पनि मह उत्पादनमा ह्रास हुँदै गएको उनको भनाइ छ । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा अहिले मौसम अनुकूल भएकाले गतवर्षभन्दा मह उत्पादन बढ्ने अनुमान गरिएको बताउँछन् । ‘अहिले तराईका जिल्लामा चिउरी चाँडै फुल्न थालेको छ,’ उनले भने, ‘यस वर्ष मह उत्पादन २० प्रतिशतले बढ्ने संकेत देखिएको छ ।’ मौरीपालक किसान बढे पनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र विषादीको अव्यवस्थित प्रयोगका कारण मह उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको उनको भनाई छ । शर्माका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर ३५ सय मेट्रिकटन मह उत्पादन भएको थियो । तर पछिल्ला वर्ष यो परिमाण घटेर वार्षिक १ हजार ५०० मेट्रिक टनमा खुम्चिएको थियो । यस वर्ष ३ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । चितवनमा हाल व्यावसायिक किसान साढे ५०० हाराहारीमा छन् । जिल्लाभर ३५ हजार मौरीका गोला छन् । महासंघका अनुसार देशभर ११ हजार मौरीपालक किसान छन् भने १ लाखभन्दा बढी घारबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा विशेषगरी मेलिफेरा र सेरेना जातको मौरी पालन गरिन्छ ।द

फूलको पर्व तिहार र सयपत्री फूलको व्यापार (फोटो फिचर)

कात्तिक १८, काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड हो तिहार । तिहारको महत्वपूर्ण पक्ष भनेको फूल पनि हो । तिहारमा सजावट, पूजा र भाइटीकामा मालाका लागि फूल नभइ हुन्न । यो बेला फूल किनबेच अधिक हुने गर्छ । यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुो । तिहारलाई फूलको पर्व पनि भनिन्छ ।  बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै मुलुकभर फूलको व्यापार ह्वात्तै बढेको छ । काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीकाको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकमात्र होइन मुलुकभर विक्रीवितरणको लागि राखिएका छन् । विशेषतः पहेंलो र रातो रंगको फूलहरुको माग तिहारमा धेरै हुने गर्दछ ।   लक्ष्मी पूजाको दिन बिहीवार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतिक्षामा बसेका व्यापारी ।  प्रतिमाला १०० देखि २०० रुपैयाँसम्ममा विक्री हुने गरेको उनीहरुको भनाइ छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको छ । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   चितवनको कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढेको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ बीघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ नेपालमा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्। नेपालमा तिहारमा मात्रै सयपत्रीका १६ लाख ओटा माला विक्री हुने गरेको फ्लोलिकल्चर एशोसिएशनले बताएको छ । स्वदेशी फूलमा आत्मनिर्भर बन्ने  हो भने सरकारले फूलखेतीमा लागेका कृषकहरुलाई सहयोगका लागि आवश्यक नीति बनाउन आवश्यक रहेको  व्यवसायीहरु बताउँछन् ।

रुकुम पश्चिमका ६ ओटै स्थानीय तहमा माटो परीक्षण हुने

वैशाख ७, रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । जिल्लामै माटोको अवस्थाबारे जानकारी लिन सकिने भएकाले माटो परीक्षण गर्न अब जिल्लाबाहिर जानु पर्ने बाध्यता हटेको छ । खेतीपाती र अरू प्रयोजनका लागि स्थानीय तहमै माटो परीक्षण गर्न रुकुम पश्चिमका ६ ओटै स्थानीयतहहरुले मेशिन खरीद गरेका छन् ।  ३ लाख ५० हजार रुपैयाँका दरले ३ ओटा नगरपालिका र ३ ओटा गाउँपालिकाले डिजिटल मेशिन खरीद गरेका छन् । उक्त मेसिनले माटोको १४ ओटा गुण एकै पटक देखाउने कृषि विज्ञ राजेन्द्र देवकोटाले जानकारी दिए ।  उनले भने, ‘डिजिटल मेसिनमार्फत अम्लीयपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्य तत्व, मुख्य खाद्य तत्व, प्रोटेबललगायतको अवस्थाबारे जानकारी मिल्नेछ ।’ भने माटो परीक्षणको नतिजा प्रिन्ट गरी तत्कालै किसानलाई दिने व्यवस्थासमेत गरिएको कृषि विज्ञ देवकोटाले जानकरी दिए ।  पहिलो पटक जिल्लामा माटो परीक्षण मेशिन खरीद गरेका कारण स्थानीय तहका कृषि शाखामा कार्यरत कर्मचारीलाई मेशिन सञ्चालन गर्ने विधिबारे तालिम दिइरहेको र तालिम पश्चात माटो परीक्षणको काम सञ्चालनमा ल्याउने जानकारी दिइएको छ ।  स्थानीयस्तरमै मेशिन पुगेपछि माटो परीक्षणका लागि नेपालगन्ज र सुर्खेत पुग्नुपर्ने बाध्यता हटेको मुसीकोट नगरपालिका १३ का किसान ज्ञानबहादुर ओलीले जानकारी दिएका छन् । उनले भने, अब माटो सुहाउँदो व्यवसाय सञ्चालन गरी आम्दानी लिन सकिनेछ ।  प्रत्येक स्थानीय तहमा १०० ओटा ‘रिएजेन्ट’ किटसमेत ल्याइएको छ । ‘१०० ओटा रिएजेन्टले पुग्ने गरी सबै वडामा माटो परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा बालीनाली र फलफूल खेतीको सिफारिस गर्ने तयारी गरिएको ओलीले जानकारी दिए ।  आठबीसकोट नगरपालिका उपप्रमुख गीता नेपालीले भनिन्, ‘अहिलेसम्म सबै ठाउँमा परम्परागत तरिकाले खेती भइरहेको छ, अब व्यावसायिक खेतीमा किसानको आकर्षण बढ्नेछ ।’  जिल्लामा माटो परीक्षण गरी माटो सुहाउँदो खेती प्रणाली गर्दा रुकुममा कृषिजन्यवस्तुको उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।  जलवायु परिवर्तनको कारण रुकुममा खेतीबाली उत्पादनमा कमी आईरहेको बेलामा माटो परीक्षणले उत्पादनमा वृद्धि हुने र किसानमा उत्साह थपिएको केसीले जानकारी दिए ।

किसानलाई ५२ हजार वटा फलफूलका विरुवा वितरण

धनकुटा : छथर जोरपाटी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ। व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७५५ फलफूलका विरुवा वितरण गरेको हो। छवटा वडा रहेको गाउँपालिकाका सबै वडामा कृषक समूह बनाई शतप्रतिशत अनुदानमा आँप, लिचि, अनार, कागती, सुन्तला र एभोकाडोका...