विराटनगर– प्रदेश नंं १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रादेशिक अस्पतालको स्तरोन्नति गरी दुई सय शय्याको पुर्याउने निर्णय गरेको छ । बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । […]