माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका ४ सांसदको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ ।
सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर दल दर्ताका लागि निवेदन दिँदाका बखत समावेश नभएको उल्लेख गर्दै निर्वाचन आयोगले सनाखत गर्न अस्वीकार गरिदिएको हो ।
यससँगै उनीहरू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा जान पाउने कि नपाउने भन्ने अन्योल सिर्जना भएको छ ।
हस्ताक्षर गर्न नपाएकामध्ये पाण्डे माधव नेपालका सम्धी, थापा वामदे...