बल्ल स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र निकाल्दै सरकार

नेपालीमा एउटा उखान छ ‘जब पर्‍यो राति, तब...’ । अहिले याे उखान ठ्याक्कै सरकारको गतिविधिमा मेल खाएको छ । समय छउन्जेल चुपचाप बसेको सरकार कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बल्ल स्वास्थ्य सामग्री खरिद गर्न सार्वजनिक बोलपत्र निकाल्दैछ ।मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बोलपत्र गर्दै अस्पतालका लागि आवश्यक मोड्युलर अप्रेशन थिएटर र ओआर कम्प्लेक्ससहित डाक्टरका लागि आवश्यक उपकरणहरुको खरिद सूचना निकालेको छ । पूर्ण प्याकेजमा खरिद आह्वान गरेको मन्त्रालयले प्रस्तावित स्वा

सम्बन्धित सामग्री

पदभार सम्हाल्दै अर्थमन्त्री शर्माले भने– ‘म काम गर्न आएको हुँ’

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले कोभिडको खोपका लागि ५ अर्ब सुनिश्चित गर्ने निर्णय गरेका छन्। त्यस्तै भेन्टिलेटरका लागि एक अर्ब तथा स्वास्थ्य सामग्री खरिदका लागि ९३ करोड सुनिश्चित गर्ने निर्णय गरेका छन्। मन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै आफू काम गर्नका लागि आएको स्पष्ट पार्दै आफूलाई काम चाहिने बताए।

अक्सिजन प्लान्ट खरिद गर्न भक्तपुर नगरपालिकाले नगरबासीसँग सहयोग जुटाउँदै

१८ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरबासीसँग सहयोग जुटाउन थालेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएको र सरकारले तोकिदिए जत्ति पनि अक्सिजन नपाएपछि भक्तपुरले आफ्नै अक्सिजन प्लान्ट राख्ने योजनाका साथ जनताबीच गएको मेयर सुनिल प्रजापतिले बताए । सरकारले ख्वःप अस्पताललाई दैनिक ८० सिलिन्डर अक्सिजन दिने भनेपनि नपाएको […]

स्वास्थ्य सामग्री खरिदमा सामुदायिक वनको कोष

सामुदायिक वन उपभोक्ता समूहहरुले वित्तीय कोष परिचालन गरेर स्वास्थ्य सामग्री खरिद गर्ने भएका छन् । मुलुकभरका सामुदायिक वन उपभोक्ता समूहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले कोभिडको प्रभाव बढिरहेको र स्वास्थ्य सामग्रीको अभाव भएकाले खरिदका लागि सामुदायिक वनको कोष परिचालन गर्न सामुदायिक वन उपभोक्ता समूहहरुलाई पत्राचारसमेत गरिसकेको छ ।कोभिड–१९ को दोस्रो लहरका कारण […]

बहराइनमा रहेका नेपालीले नेपालमा स्वास्थ्य समाग्री खरिद गर्न रकम उठाए

काठमाडौं : बहराइनमा कार्यरत  नेपालीले नेपालको लागि स्वास्थ्य सामग्री खरिद गर्न १३ लाख ९० हजार रुपैयाँ रकम संकलन गरेका छन्।अक्सिजनलगायत स्वास्थ्य सामग्रीको खरिद गर्न सहयोग रकम संकलन गरेको बहराइनको नेपाली राजदूतावासले जनाएको छ। छोटो समयमै एक सय थान सिलिन्डर खरिदका लागि त्यति धेरै रकम उठाएको भन्दै राजदूतावासले सहयोग गर्नेहरूलाई धन्यावाद ज्ञापन गरेको छ।यसअघि पनि उनीहरुले करिब पाँच सय ६० थान अक्सिजन खरिद गरी नेपाल पठाएको थियो।

कोरोना रोकथामका लागि ६ अर्ब बजेट

कोरोना उपचारका लागि स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ । अर्थमन्त्री

सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै

नेपाली सेनाले कोभिड–१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउने जानकारी दिनुभयो । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई मार्ग र अन्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिएको जनाइएको छ ।

स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ ।

स्वास्थ्य सामाग्री खरिद गर्न तीनवटा कम्पनीसँग सम्झौता, ३० कराेडकाे खरिद गरिदै

स्वास्थ्य सेवा विभागले अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि तीनवटा कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, तीनवटा कम्पनीसँग दुई साताभित्र सबै सामान ल्याउनेगरी करिव ३० करोड मूल्य बराबरको सम्झौता भएको छ ।

स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

काठमाडौ‌ : सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ। स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गरेको पत्राचारको प्रतिउत्तरमा भारत र चीनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिनेसहितको पत्र नेपाली सेनालाई प्राप्त भएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने भएको हो। ...

स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुकमा पत्राचार

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सामग्री खरिदका लागि पाँच मुलुकलाई पत्राचार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गरिएको जानकारी सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुभयो ।