स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुकमा पत्राचार

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सामग्री खरिदका लागि पाँच मुलुकलाई पत्राचार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गरिएको जानकारी सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुभयो ।