बहराइनमा रहेका नेपालीले नेपालमा स्वास्थ्य समाग्री खरिद गर्न रकम उठाए

काठमाडौं : बहराइनमा कार्यरत  नेपालीले नेपालको लागि स्वास्थ्य सामग्री खरिद गर्न १३ लाख ९० हजार रुपैयाँ रकम संकलन गरेका छन्।अक्सिजनलगायत स्वास्थ्य सामग्रीको खरिद गर्न सहयोग रकम संकलन गरेको बहराइनको नेपाली राजदूतावासले जनाएको छ। छोटो समयमै एक सय थान सिलिन्डर खरिदका लागि त्यति धेरै रकम उठाएको भन्दै राजदूतावासले सहयोग गर्नेहरूलाई धन्यावाद ज्ञापन गरेको छ।यसअघि पनि उनीहरुले करिब पाँच सय ६० थान अक्सिजन खरिद गरी नेपाल पठाएको थियो।