युक्रेन संकट : अग्नि परीक्षामा अमेरिकी विश्व-व्यवस्था
अमेरिकी नेतृत्वको विश्व–व्यवस्था लड्खडाइरहेको छ। बहुध्रुवीय विश्वमा चीन-रूस गठबन्धनले नयाँ छनक दिन खोजे जस्तो देखिन्छ। तर तिनीहरूको शासकीय स्वरूप निरंकुश र एकदलीय नै हुने हो भने विश्वले त्यो शासन व्यवस्थालाई कसरी अवलम्बन गर्न सक्छ ? उत्तर सजिलो छैन।
९ चैत, काठमाडौं । अमेरिका एक राजनीतिशास्त्रीले युक्रेन संकट र त्यसले निम्त्याएको रक्तपातपूर्ण युद्धको दोषी अमेरिकासहितका पश्चिमा मुलुक भएको बताएका छन् । अमेरिकाका राजनीतिशास्त्री जोन जे. मिर्शेइमरले युक्रेन संकटको मुख्य दोषी अमेरिकासहितका पश्चिमी मुलुक भएको बताएका हुन् । मिर्शेइमरले द इकोनोमिस्टमा एक आलेख प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् । ‘पश्चिमा र त्यसमा पनि खासगरी […]
युक्रेन संकट शुरु हने बेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर, युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा...
१० फागुन, काठमाडौं । युक्रेन संकट थप चर्किन थालेपछि चीनले सबैलाई संयमित हुन आग्रह गरेको छ । मंगलबार अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनमा विकसित घटनाक्रमबाट आफूहरू चिन्तित भएको भन्दै सबैलाई संयमित हुन आग्रह गरेका हुन् । जारी विवादलाई शान्तपूर्ण तरिकाले समाधान गर्नुपर्ने पनि यीको भनाइ थियो । त्यस्तै, यीले एन्टोनी […]
३ फागुन, काठमाडौं । रुसले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरेर युक्रेन संकट हल गर्न तयार रहेको बताएको छ । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा विदेशमन्त्री सर्गेई ल्याभरोभले पश्चिमी मुलुकसँग कूटनीतिक वार्ता गरी युक्रेन संकट हल गर्न तयार रहेको बताएका हुन् । युक्रेनलाई लिएर पश्चिमी मुलुकसँग सहमति गर्ने संभावना सँधै रहेको ल्याभरोभको भनाइ थियो […]
युक्रेन संकट अमेरिकी प्रभुत्वको चेष्टाबाट सृजित तनाव हो । हरेक अमेरिकी राष्ट्रपतिले सानोतिनो युद्धको स्वाद लिनुपर्छ । आफूले मन नपराएका मुलुकलाई आर्थिक प्रतिबन्धको कठघरामा उभ्याएर मज्जा लिनुपर्छ ।
अमेरिकी सेना, हतियार, द्वन्द्वविज्ञ तथा विश्लेषक र मिडियालाई युद्धमै होमेर रोजगारी सृजना गर्ने अमेरिकी प्रचलन नै हो भन्ने छाप विश्वव्यापी बन्दै गएको छ । वास्तवमा अमेरिकाले आफूप्रति बन्दै गएको यस्तो अलोकप्रिय एवं आक्रमणकारी छापलाई हटाउन शान्ति र स्थायित्वको नयाँ फर्मुला अघि सार्नुपर्ने हो तर आर्थिक प्रतिबन्धको मज्जा लिन नसक्ने र ...
युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ । सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ । युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । रुसले आफ्नो छिमेकी देश युक