सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तर्राष्टिय सहायता स्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी