केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्रयासका विषयमा छलफल तथा समीक्षा गरिएको अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकार