जनता समाजवादी पार्टी नेपालले प्रदेश २ पार्टी कमिटीको समायोजनलाई पूर्णता दिन सकेन । समायोजनको काम टुङ्ग्याउन भन्दै काठमाडौँबाट जनकपुर पुगेका शीर्ष नेताहरु प्रदेश कार्यसमितिको पदाधिकारीमा आकांक्षी धेरै भएपछि खाली हात फर्केका छन् ।प्रदेश २ सरकारमा रहेका मन्त्रीहरुको हेरफेर तथा प्रदेश २ पार्टी कमिटीको कार्यसमिति चयन गर्न जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरु सोमबार जनकपुर पुगेका थिए । प्रदेश कमिटीको विषयमै छलफल गर्दागर्दै समय बितेका कारण मन्त्रीहरुको विषयमा छलफल नै हुन सकेन ।जसपा नेपा