दुई दिनमा ५९ आन्तरिक उडानः १०४ जनाको उद्धार

काठमाडौं। यही वैशाख २३ र २४ गते ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।