काठमाण्डाै – विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रूपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको छ ।
देशभित्र विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमित चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिति घटेको देखाइन्छ । तर राम्रो देखिनक...