सीमामा सशस्त्रको उपस्थिति बलियो बनाइदैं, २१ स्थानमा बिओपी स्थापना

काठमाडौं : सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ। पछिल्ला दिनमा मात्र २१ स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छ। झापा, बारा, दाङ,बर्दिया, दार्चुला लगायतका जिल्लामा थप बिओपी स्थापना गरिएको हो। अहिलेसम्म देशभर २ सय २८ स्थानमा चौकी स्थापना भइसकेका सशस्त्र प्रहरीले जानकारी दिएको छ।…

सम्बन्धित सामग्री

मानेभञ्ज्याङमा बिओपी स्थापना

इलाम । इलामको मानेभञ्ज्याङमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । भारतीय सीमाक्षेत्रमा नेपालतर्फबाट सुरक्षा बढाइँदै लगिने क्रममा इलाम सूर्योदय नगरपालिका–१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौँ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका साथ शनिबार इलामका सीमावर्ती क्षेत्रमा बिओपी स्थापना गर्ने अभियानअन्तर्गत सातौँ बिओपी स्थापना गरिएको दावी गरिएको छ । सीमावर्ती क्षेत्रको बिओपी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह बाहिनी सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्त रूपमा उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख राईले स्थापना भएका बिओपीलाई व्यवस्थित, प्रविधिमैत्री, सबल र सुदृढ बनाउन जरुरी रहेको बताए । उनले नेपालको भूमि प्रयोग गरी आवतजावत गर्न सक्ने यातायातका साधन र सडक निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन नसके प्रहरीको मनोबललाई उच्च राखी काम गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा सोच्न जरूरी रहेको चिन्ता व्यक्त गरे । इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ किलोमिटरको सीमाक्षेत्रका सात स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी नम्बर १ हेडक्वार्टर श्रीअन्तु गण इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । सलकपुर, समालबुङ, छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ, जौवारी र कालपोखरीमा बिओपी स्थापना भइसकेको छ । आगामी दिनमा रोङको माथिल्लो पाटापुर, सूर्योदयको सुङतुङ, खोला गोदाम, हिले, चित्रेगुम्बा, माइजोगमाइको मेग्मा, सन्दकपुरको गैरीबास र आलटारमा बिओपी राख्नका लागि पहल भइरहेको छ । मानेभञ्ज्याङमा सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा काम भइरहेको जनाइएको छ । (रासस)

दार्चुलामा सशस्त्र प्रहरी जताजता, भारतीय एसएसबी उतैउतै !

दार्चुला : नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाएको छ। जिल्ला सदरमुकाममा सशस्त्र प्रहरीको गण राखेर लाली, जौलजिबी र दुम्लिङमा बिओपी स्थापना गरेको छ भने र छाङरुमा गुल्...